NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा सप्तमी - २२

शैक्षिक कार्यक्रम

Programme

एम.डि. साईक्याट्री शैक्षिक कार्यक्रम

मानसिक स्वास्थ्यका क्षेत्रमा आवश्यक मनोचिकित्सा लगायतका विभिन्न जनशक्ती उत्पादन गर्ने उदेश्य अनुरुप चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थाका रुपमा आवद्ध अन्य संघिय अस्पतालमा झै वि।सं। 2069 (सन् 2012) देखि निरंतर रुपमा मनोचिकित्सा विषयको स्नाकोतर तह (MD in Psychiatry) कार्यक्रम यस मानसिक अस्पतालमा सञ्चालनमा रहेको छ । यो कार्यक्रम बाट हाल सम्म एक जना विदेशी सहित 20 जना विशेषज्ञ मनोचिकित्सक उत्पादन भईसकेका छन । यसरी उत्पादित जनशक्तिले देशकै विभिन्न क्षेत्रमा साथै विदेशमा समेत आफ्नो विज्ञता अनुरुपको मानसिक स्वास्थ्य सेवा प्रवाह गरिरहेका छन् ।

हाल यस कार्यक्रम अन्तर्गत 5 जना आवाशिय चिकित्सकहरु अध्ययनरत छन । यस अस्पतालमा कार्यरत मनोचिकित्सकहरु मध्ये 3 जना (निम्न उल्लेखित) ले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका तर्फबाट यस कार्यक्रमको सञ्चालन गर्ने जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

१.डा. देबब्रत जोशी¸ सह प्राध्यापक ( कार्यक्रम संयोजक
२.डा. अनन्त प्रसाद अधिकारी¸ सहायक प्राध्यापक
३.डा. बासुदेव कार्की¸ सहायक प्राध्यापक

यसै शैक्षिक सत्र (2080/081) बाटै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत नै साईक्याट्रिक नर्सिङ विषयमा स्नाकोतर तह (MN in Psychiatric Nursing) समेत सुरु भई हाल 3 जना आवाशिय नर्सहरु अध्ययनरत हुनुहुन्छ ।

भविष्यमा मानसिक स्वास्थ्यका लागि आवश्यक अन्य विशिष्टिकृत जनशक्ती जस्तै क्लिनिकल साईकोलोजिष्ट¸ साईक्याट्रिक सोसल वर्कर¸ अक्युपेशनल थेरापिष्ट लागयतको शैक्षिक कार्यक्रमहरु समेत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान सँगको समन्वयमा सञ्चालनमा ल्याईने छ।